नियम २५
प्रतिलिपि दिने
(१) कसैले इजाजतपत्र वा अनुमतिपत्र हराए वा नासेमा त्यसको पैंतीस दिनभित्र कारण खुलाई मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको दरखास्त जा“चबुझ गर्दा मनासिव देखिएमा मन्त्रालयले दुई सय रुपैया“ दस्तुर लिई दरखास्तवालालाई इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिनेछ ।